शिथिल अर्थतन्त्र बिस्तारै चलायमान हुँदैछ : अर्थमन्त्री


अर्थमन्त्री वर्षमान पुनले शिथिल अर्थतन्त्र बिस्तारै चलायमान हुँदै गएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। उनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेकोसमेत बताए।

शिशु मृत्युदर २१ मा झर्यो

अर्थमन्त्री पुनले शिशु मृत्युदर २१ मा झरेको बताएका छन् । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१\८२ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन।

उनले २०६४ मा शिशु मृत्युमा एक हजार जीवित जन्ममा ९८ बाट २१ मा झरेको जानकारी दिए । त्यसैगरी, पाँच वर्ष मुनीका बालबालिका प्रति हजार बच्चामा ६१ बाट ३३ मा झरेको बताए । मातृ मृत्यु दर प्रति लाखमा २८१ बाट झेरेर १५१ मा पुगेको उनले जीकिर गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।