नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर


अर्थमन्त्री वर्षमान पुनले नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर एक हजार ४५६ पुगेको बताएका छन् । मंगलबार सङ्घीय सदनमा आगामी आर्थिक वर्ष २०८१\८२ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

आर्थिक वर्ष २०६४\६५ मा आठ खर्ब १५ अर्ब रुपैयाँ कुल ग्राहस्थ उत्पादन चालु आर्थिक वर्षमा ५७ खर्ब पाँच अर्ब रुपैयाँ हुने अनुमान छ । उनले प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर ४९१ बाट बढेर एक हजार ४५६ पुगेको बताए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।