अर्थ मन्त्रालयले चालु आर्थिक बर्षको अर्धबार्षिक प्रगति विवरण सार्वजनिक गर्दै मूल्य स्थितिमा केही चाप पर्दै गएको भएपनि समग्र आर्थिक परिसूचकहरु सुधार उन्मुख रहेको उल्लेख गरेको छ ।
अर्थ मन्त्रालयले गत साउनदेखि पुससम्मको अवधिमा समष्टिगत परिसूचकहरु सकारात्मक रहेको उल्लेख गरेको छ अर्थमन्त्रालयले निकासीमा भएको वृद्धि र पैठारीमा भएको कमीसँगै वैदेशिक व्यापारको असन्तुलनमा सुधार आएको जनाएको छ ।
शोधान्तर बचत र प्रयाप्त विदेशी विनिमय संचितीले बाह्य क्षेत्रमा सन्तुलन कायम हुँदै आएको अर्थको भनाई छ । आयात घटेका कारण भन्सार राजस्व असर परे पनि आन्तरिक राजस्व परिचालनमा उल्लेखीय वृद्धि भएको जनाएको छ ।
संघीय सरकारको खर्च वृद्धि तथा कराधाराको विस्तारले राजस्व संकलनमा सामान्य वृद्धि भएको छ भने स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा उत्साहजनक वृद्धिका साथै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने कामदारको संख्यामा समेत पुस महिनामा सुधार देखिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै विदेशी लगानीमा उत्साहजनक वृद्धि भएको, विद्यूत उत्पादन, आपूर्ति र उपभोग बढेको, बैंकिङ सेवा र बीमाको पहुँचका वृद्धि लगायतले मुलुकभित्र आर्थिक क्रियाकलाप बिस्तार भएको अर्थ मन्त्रालयको भनाई छ ।










प्रतिक्रिया