सुनको भाउमा लगातार वृद्धि, तीन दिनमा प्रतितोला एक हजार ३०० रुपैयाँ बढ्यो


सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको भाउ मंगलबार ४०० रुपैयाँले बढेको थियो । बुधबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ बढेको हो ।

बुधबार छापावाला सुनको भाउ १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुनको भाउ १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको भाउ १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ मंगलबार १ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३५८ दशमलव ४१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३२ डलर १२ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।