दश महीनामा १ खर्ब २१ अर्ब जीवन बीमाशुल्क संकलन, नेशनल लाइफले बढायो सबैभन्दा धेरै

0
Shares

सञ्चालनमा रहेका चौध जीवन बीमा कम्पनीहरुले बैशाख महिनासम्ममा १ खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.३५ प्रतिशत धेरै हो ।

गत आवको सोही अवधिसम्ममा कम्पनीहरुले १ खर्ब १४ अर्ब १० करोड ८८ लाख रुपैयाँ बराबर कुल बीमाशुल्क संकलन गरेका थिए ।  नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ३२ अर्ब ३८ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको दश महीनामा कम्पनीले २९ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

दोस्रो ठूलो हिमालयन लाइफ लाइफ इन्स्योरेन्सले १३ अर्ब ५१ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ३३ करोड १४ लाख रुपैयाँ र तेस्रो ठूलो बीमाशुल्क संकलन गरेको लाइफ इन्योरेन्स कर्पोरेसन (एलआइसी नेपाल) ले १४ अर्ब २३ करोड ५९ लाख रुपैयाँ संकलन गरेको छ ।

यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्स ७ अर्ब २७ करोड ४१ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सले ६ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ४ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले ४ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सले ४ अर्ब ७ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार आइएमई लाइफ इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ संकलन गर्दा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ३४ करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ ।

बैशाख मसान्तसम्म सन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा कम ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

नेशनल लाइफको बीमाशुल्क संकलन सर्वाधिक बढ्यो

गत आवको बैशाखको तुलनामा चालु आवको सोही अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन सबैभन्दा धेरै १५.६१ प्रतिशत वृद्धि भएको छ । यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १३.६८ प्रतिशत, एशियन लाइफको १२.३१, आइएमई लाइफ इन्स्योरेन्सको ११.७७ र रिलायबल नेपाल लाइफले ११.३९ प्तिशतले बढेको छ ।

चालु आवको दश महीना अवधिमा हिमालयन लाइफको ९.८२ प्रतिशत, नेपाल लाइफको९.२० प्रतिशत, सूर्यज्योति लाइफको ७.२९, मेट लाइफको ७.०६, सानिमा रिलायन्स लाइफको ६.३९, सिटिजन लाइफको ६.३६ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ०.३३ प्रतिशतले बढेको थियो ।

यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको कुल बीमाशुल्क संकलन २३.९२ प्रतिशतले घटेको छ भने सन नेपाल लाइफको १.६७ प्रतिशतले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।