दार्चुलाको तिंकर नाका असार ११ गतेदेखि सञ्चालनमा आउने


दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । आगामी असार ११ गतेदेखि चीनको तिब्बतसँग जोडिएको तिंकर नाका सञ्चालनमा आउने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

चीनको तिब्बत (बुराङकाउन्टी) का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग भएको दुईपक्षीय कुराकानी भएपछि असार ११ गतेदेखि तिंकर नाका रुपमा सञ्चालनमा आउन लागेको हो ।

सुरक्षा निकायका प्रमुखहरुले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल (वीच्याट) बाट नाका सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । कोरोना सङ्क्रमणका कारण विसं २०७६ यता उक्त नाका बन्द छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।