माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पोखरेल

0
Shares

माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा पेशल राज पोखरेल नियुक्त भएका छन् ।

कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको ५०३ औं बैठकको निर्णय अनुसार बैंकको रिक्त स्वतन्त्र सञ्चालक पदमा पोखरेललाई नियुक्त गर्ने निर्णय भएको हो । उनलाई जेठ १७ गते बिहीबारदेखि नै लागू हुने गरि सञ्चालकमा नियुक्त गरिएको कम्पनीका सचिव सुभाष जम्मकटेलले बताए ।

कम्पनीका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सञ्चालक समितिमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा उनलाई नियुक्त गरिएको हो । पोखरेल यसअघि एक्सल डेभलपमेन्ट बैंकमा स्वतन्त्र सञ्चालक थिए।

यसअिघ माछापुच्छ्रे बैंक लिमिटेडका स्वतन्त्र सञ्चालकमा मुकुन्द महत थिए। २०७७ जेठ १६ गते बसेको बैंकको सञ्चालक समितिबाट स्वतन्त्र सञ्चालकमा नियुक्त भएका महतको ४ वर्षे कार्यकाल जेठ १५ गते समाप्त भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।