आइतबार कुन विदेशी मुद्राको भाउ कति ?


आइतबार अमेरिकी डलर खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसामा कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ २७ पैसा रहेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५२ पैसा र बिक्री दर १७० रुपैयाँ २८ पैसामा कारोबार भइरहेको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६६ पैसा र बिक्री दर ८९ रुपैयाँ ०६ पैसा रहेको छ । आइतबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा र बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको छ । आइतबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।