नबिल बैंकले ल्यायो ‘सजिलो एक्सप्रेस कर्जा’, ३५ घण्टाभित्र कर्जा प्रदान गर्ने

0
Shares

नबिल बैंक (NABIL) ले साना तथा मझौला उद्यम कर्जाको नय“ा प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्यांकन सहित कर्जा प्राप्तङ्कका आधारमा यो योजना आरम्भ गरिएको बैंकले जनाएको छ ।

अधिकतम १०.५% को ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा, यो कर्जा डिसेम्बर २३, २०१९ मा प्रदेश ३, काठमाण्डौबाट सुभारम्भ गरिएको छ । यसै क्रममा उक्त नयाँ एस.एम.ई कर्जा प्रदेश नं. ५ को भैरहवामा आयोजित एक समारोहका बीच उद्घाटन भएको छ ।

योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरुको अवश्यकताहरुलाई सम्बोधन गर्ने उद्धेश्यले ल्याइएको हो । हामी यहाँहरुको समय र व्यवसायिक सपनाको सम्मान गर्दछौं। अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं ।’

साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र युकेएड सक्षम एसेस टु फाइनान्स मिलेर सहकार्य गरिरहेका छन् । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइने बैंकले जनाएको छ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको हो।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निस्शुल्क कारोबार सूचना, निस्शुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निस्शुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइ सकिने आकर्षक प्याकेजका साथ आएको छ।

बैंकाका १०२ शाखा १४३ ए.टि.एम. र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथै बैंकले देश व्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वाश लिएको छ ।