सोमबारका लागि यस्तो छ सुनचाँदीको दरभाउ

0
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघले माघ २० गते सोमबारका लागि छापावाल सुनको भाउ प्रतितोला ७६ हजार ५०० रुपैयाँ तोकेको छ ।

आइतबार पनि छापावाल सुनको भाउ प्रतितोला ७६ हजार ५०० रुपैयाँ तोकिएको थियो। सोमबार तेजावी सुनको भाउ प्रतितोला ७६ हजार २०० रुपैयाँ तोकिएको छ।

यस्तै चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सुनको मूल्यमा पुसदेखि मूल्यमा निरन्तर घटबढ भइरहेको छ।

यसअघि पुस २३ गते बुधबार सुनको ऐतिहासिक मूल्यमा (७६ हजार ५०० रुपैयाँ) कारोबार भएको थियो।