सानिमा जनरलले ३० करोडको आईपीओ प्रस्ताव पारित गर्दै

0
Shares

सानिमा जनरल इन्स्योरेन्स (SAICL) ले माघ २४ गते शुक्रबार आफ्नो दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ।

होटल एलो पेगोडा, कान्तिपथमा बिहान साढे बजे आह्वान गरिएको साधारण सभाले जारी पूँजीको ३० प्रतिशतले हुन आउने बराबरको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव उपर छलफल गरि पारित गर्ने एजेण्डा रहेको छ।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी १ अर्ब कायम गर्नका लागि जारी पूँजीको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो।

आईपीओ निष्काशन सो सम्बन्धि कार्य गर्नका लागि सभाबाट सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ।  यसैगरि आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा/नोक्सान, नगद प्रवाह, तथा चालु आवको लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण लगायतका एजेण्डा रहेका छन्।