अमेरिकी डलरको भाउ घट्यो


अमेरिकी डलरको भाउ घटेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसामा कारोबार भएको अमेरिकी डलर मंगलबार खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, मंगलबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ३३ पैसा र बिक्री दर ८८ रुपैयाँ ७३ पैसा रहेको छ ।

मंगलबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २० पैसा र बिक्री दर २८ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको छ । मंगलबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६९ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।