नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा जो सुकै व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् । कम्पनीले उक्त सेयर यसअघि संस्थापक सेयरधनीहरुलाई बिक्रीको लागि खुलाएको थियो ।

बैंकले संस्थापक सेयरधनीहरुबाट ३५ दिन भित्र आवेदन नपरेकोले अन्य व्यक्तिलाई सेयर बिक्री गर्न लागेको हो ।  सर्वसाधारण लगानीकर्ताले आज जेठ २२ गतेदेखि ७ दिनभित्र बैंकको रजिष्टर्ड बानेश्वर स्थित कानून विभागमा लिखित आवेदन दिन सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।