प्रभु बैंक र स्वीस कन्ट्याक्टबीच सम्झौता


प्रभु बैंक र स्वीस कन्ट्याक्ट नेपाल / एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २ बीच सम्झौता भएको छ ।

सोमबार कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीसकनेक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘ग्रोइङ टुगेदरस् अ सस्टेनेबल एग्रिकल्टर इनिटिएटिभ फर कोशी प्रोभिन्स’ नामक परियोजनाका लागि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा स्वीस कन्ट्याक्ट नेपाल / एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २ का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरतारव्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।