मुक्तिनाथ विकास बैंकको ‘वित्तीय जागरण अभियान’ शुरुवात

0
Shares

मुक्तिनाथ विकास बैंकले २०७६ साल माघ १५ गतेबाट वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ ।

बैंकले गल्छी गाँउपालिका र धुनीवेशी ९ धार्केमा वित्तीय जागरण अभियान संचालन गरेको जनाएको छ ।

उपरोक्त दुवै कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदाहरु, उपयुक्त व्यवसाय छनौट, व्यवसायीक योजना, सफल उद्यमीका विशेषताहरु, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा जानकारी गराइएको बैंकले जनाएको छ ।

कार्यक्रममा १७० जना ग्राहकहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा बैंकसंग कारोवार गर्ने उत्कृष्ट ग्राहकहरु तथा उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

मुक्तिनाथ विकास बैंकले “आजकोे आवश्यकता, सबैमा वित्तिय साक्षरता” भन्ने आशय सहीत समुदाय र विद्यालय स्तरीय वित्तिय साक्षरता कार्यक्रम सँगसँगै वित्तिय जागरण कार्यक्रमलाई समेत अभियानकै रुपमा अन्य जिल्लाहरुमा पनि सञ्चालन गर्ने योजना बनाएको छ ।

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।