बरुण हाइड्रोपावरको नाफा ७९.७१ प्रतिशत बढ्यो

0
Shares

बरुण हाइड्रोपावर (BARUN) ले चालू आर्थिक वर्षको ६ महीना अवधिमा बरुण हाइड्रोपावर कम्पनीले ६७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। विद्युत बिक्री आय बढ्दा कम्पनीको मुनाफामा गत आवको तुलनामाम उच्च सुधार आएको हो। गत आवको यसै अवधिमा कम्पनीले ३७ लाख ४२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

चालू आवको पुस महिनासम्ममा कम्पनीले विद्युत बिक्रीबाट २ करोड १४ लाख ३० हजार आम्दानी गरेको छ। यो नाफा गत आवको यसै अवधिको तुलनामा १७.५९ प्रतिशतले धेरै हो। गत आवको यसै अवधिमा कम्पनीले विद्युत्त बिक्रीबाट १ करोड ८२ लाख २३ हजार रुपैयाँ कमाएको थियो।

चुक्ता पूँजी कम्पनीको २५ करोड ५१ लाख रुपैयाँ रहेको बरुणको वार्षिक प्रतिशेयर आम्दानी १२.७० रुपैयाँ रहेको छ भने जगेडा कोाषमा ३ करोड २४ लाख ११ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ ११२.७० रुपैयाँ मूल्य आम्दानी अनुपात ७.०१ गुणा छ।