सानिमा बैंकको ७९ औं शाखा काठमाडौंको जोरपाटीमा

0
Shares

सानिमा बैंक (SANIMA) ले  माघ २० गते काठमाडौंको जोरपाटीमा ७९ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरिएको हो।

सो समारोहमा सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए। त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जोरपाटी शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

समुद्घाटन समारोहमा मह जोडीले काठमाडौंको जोरपाटीमा सानिमा बैंक संचालनमा आएकोमा सो क्षेत्रका स्थानीयबासी र बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमालाई सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

सानिमा बैंकको उक्तशाखा संचालनमा आएसँगै बैंकले हालसम्म ७९ वटा शाखा कार्यालयहरु तथा ७९ वटा ए.टि.एम. बाट सेवा प्रदान गरिरहेको छ ।