सुनको भाउले लगातार तोड्दै रेकर्ड, शुक्रबार एक तोला सुन किन्नेले १ लाख ४५ हजार खर्चिनुपर्ने


सुनको भाउले लगातार रेकर्ड तोड्दै गएको छ । बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको भाउले शुक्रबार फेरी अर्को रेकर्ड बनाएको हो ।

शुक्रबार छापावाला सुनको भाउ १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ एक हजार रुपैयाँ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुनको भाउ १ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढ्दा नेपालमा पनि वृद्धि भएको व्यवसायीहरु बताउँछन् । यद्यपी नेपालमा सुनमा ५ प्रतिशत भन्सार दर बढाएका कारण पनि सुनको भाउ उचाइमा पुगेको हो ।

आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटमार्फत सुनको भन्सार दर २० प्रतिशत पुर्याएको छ। सरकारले चालु आवर्षको बजेटमार्फत भन्सार दर ५ प्रतिशत बढाएर १५ प्रतिशत पुरÞ्याइएकामा सरकारले फेरि भन्सार ५ प्रतिशत वृद्धि गरेको थियो ।

शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ बिहीबार प्रतितोला १० रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३८५ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ५१ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।