प्राइम कमर्सियल बैंकको साढे १२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १२ लाख ४१ हजार ११ कित्ता सेयर बिक्रीमा ल्याएको हो । शेयरको न्युनतम मूल्य प्रति कित्ता ११५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले जेठ ३५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

प्रति कित्ता ११५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि आवेदन दिन चाहेमा भिन्दा भिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।

बोलपत्र आवेदन फाराम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लेखनाथमार्ग, ठमेल, काठमाडौबाट प्राप्त गर्न सकिनेछ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ ।

धेरै केरमेट भई कबुल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।

बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम २ लाख कित्ता वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउनेछन । आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नं. आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।