कृषि विकास बैंकको खुद ब्याज आम्दानीमा गिरावट, नाफा भने बढ्यो

0
Shares

कृषि विकास बैंक (ADBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ५८ करोड १७ लाख खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा २२.८० प्रतिशतले बढेको हो।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब २८ करोड खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको वितरण योग्य नाफा एक अर्ब १४ करोड ८३ लाख रहेको छ ।

सरकारको अग्राधिकार शेयर सहित बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ । बैंकमा ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार साधारण र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ । बैंकको जगेडा कोषमा १० अर्ब ४१ करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकको रिटेर्न अर्निङ्ग ४ अर्ब ४६ करोड छ ।

समीक्षा अवधिमा बैंकले एक खर्ब २७ अर्ब २१ करोड निक्षेप संकलन गरेर एक खर्ब १५ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ । बैंकको निक्षेपमा करिब ७ तथा कर्जामा ६ प्रतिशतको सुधार आएको छ । जसबाट बैंकले ३ अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ९.२५ प्रतिशत कम हो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात केही घटेपनि अन्य वाणिज्य बैंकहरुको तुलनामा उच्च रहेको छ । बैंकको खराब कर्जा अनुपात ३.९१ प्रतिशत छ। बैंकको आधार ब्याजदर १०.१७ प्रतिशत र कोषको लागत ७.२ प्रतिशत रहेको छ। कोषको लागत र आधार ब्याजदर दुबै घटेको छ।

यस अवधिमा कृषि विकास बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा कायम भएको छ । गत आवको यसै अवधिमा बैंकको इपिएस २४ रुपैयाँ ९६ पैसा थियो।