ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको छ : मेयर दाहाल


भरतपुर महानगरपालिका मेयर रेनु दाहालले ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको बताएकी छन् । शनिवार ठोरीमा भएको नेपाल र भारतका सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रममा उनले नेपाल–भारत र चीन जोड्ने छोटो दुरीको नाकाको रुपमा स्थापित भएको उल्लेख गरिन् ।

ठोरी छोटी भन्सारलाई व्यापारिक दृष्टीकोणबाट नभई पर्यटकीय हिसाबले आउने पर्यटकको सहजताको लागि २ महिनाअघि सञ्चालनमा ल्याइएको प्रमुख दाहालले बताइन् ।

भरतपुरबाट ठोरीसम्म आउदा जंगलको सडक कष्टपूर्ण र जोखिम रहेकाले सडकको स्तरोन्ती गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको पनि उनले बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिणाले भरतपुर भ्रमण वर्ष सफल बनाउन सक्दो पहल गर्ने बताए ।

नेपाल र भारतबीच परापूर्वकालदेखि निकटको सम्बन्ध रहेकाले सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन यस्ता अभियानहरुले सहयोग पुराउने उनको भनाइ थियो। कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेम महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मीको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।