धनगढीमा श्रमाधान रोजगार मेला शुरू


धनगढीमा आजदेखि “श्रमाधान रोजगार मेलाू शुरू भएको छ । रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउने उद्धेश्यले मेला आयोजना गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव बसन्त बोहोराले जानकारी दिए ।

“मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, उनले जानकारी दिए । मेलामा १२ वटा सरकारी र २७ नीजि क्षेत्रका गरी ३७ वटा स्टलहरु रहने छन् । मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले गर्नेछन् ।

मेला विहान १० बजे श्रमदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । यस्तै मेलामा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भुमिका,वर्तमान श्रम बजारमा सीप प्रमाणिकरण र पुर्व सिकाई मान्यताको भुमिका,अवको यात्रा योगदानमा आधारीत सामाजिक सुरक्षा, सुदुरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदुर लगायत सात वटा सामुहिक छलफल तथा कार्यशाला पनि संचालन गरिने छ ।

मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकको रुपमा चेम्बर अफ कमर्स सुदुरपश्चिम प्रदेश, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् ।

सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारी , मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरु राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, बैदेशिक रोजगार बुथ, कल सेन्टर बुथहरु हुनेछन् ।मेलामा श्रमाधानका बहुआयामीक पक्षबारे सम्वाद समेत हुनेछ। सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानून र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धि अन्तरक्रिया हुनेछ । त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन् । मेला सोमबारसम्म चल्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।