स्वाभिमान लघुवित्तको खुद नाफा एक करोड माथि

0
Shares

स्वाभिमान लघुवित्त (SMFBS) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड १२ लाख खुद नाफा आर्जन गरेको वित्तीय विवरण सर्वजनिक गरेको छ।

केही समय अघि आईपीओ निष्काशन गरि नेप्सेमा सूचीकृत भई कारोबार हुँदै लघुवित्तले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तले ३३ करोड ९९लाख रुपैयाँ निक्षेप संकलन तथा ५९ करोड १ लाख रुपैयाँ सापटी लिएर ८९ करोड ३२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यसबाट कम्पनीले ३ करोड ४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ जबकी गत आवको यसै अवधिमा यस्तो आ्रम्दानी १ करोड ७० लाख मात्र थियो। लघुवित्तको सञ्चालन आम्दानी पनि २८ लाख बढेर १ करोड ४३ लाख पुगेको छ ।

चुक्ता पूँजी ६ करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ३ करोड २४ लाख रुपैयाँ संचित छ। लघुवित्तको खराब कर्जा अनुपात ०.८९ प्रतिशत रहेको छ । गत आवमा यस्तो अनुपात ०.१४ प्रतिशत रहेको थियो।

यस अवधि सम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४३ पैसा, प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ५० पैसा र मूल्य आम्दानी अनुपात २८.११ गुणा छ ।