ब्यापार विस्तार र खर्च नियन्त्रणमा चुक्दा गुहेश्वरीको नाफा घट्यो

0
Shares

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स (GMFIL) को चालु आवको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा नाफा घटेको छ । निक्षेप संकलन र कर्जा लगानीमा देखिएको झिनो सुधार र बढ्दो खर्चको भारले थिचिँदा फाइनान्सको नाफामा दबाब परेको हो।

८० करोड चुक्ता पूँजी रहेको गुहेश्वरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमम्ममा ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएर वार्षिक ९.५५ रुपैयाँ प्रतिशेयर आम्दानी कायम गरेको छ । गत आवको यसै अवधिमा फाइनान्सले ४ करोड १ लाख खुद नाफा कमाएर १० रुपैयाँ ३ पैसा कायम गरेको थियो।

समीक्षा अवधिमा फाइनान्सको कर्मचारी खर्च शिर्षकमा २ करोड ९५ लाख २६ हजार र अन्य सञ्चालन खर्च १ करोड ३७ लाख १३ हजार पुगेको छ। समीक्षा अवधिमा कर्मचारी खच ९५ लाख ४० हजार र अन्य सञ्चालन खर्च ४३ लाख रुपैयाँले बढेको हो। फाइनान्सको सञ्चालन नाफा ५ करोड ५२ लाख छ। समीक्षा अवधिमा १६ लाख ४१ हजार घटेको छ।

फाइनान्सको जगेडा कोषमा १८ करोड ५० लाख रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ७५ पैसा रहेको छ। यस्तै शेयरधनी कोषमा ३ करोड ३४ लाख रुपैयाँ सञ्चित छ।

पुस मसान्तसम्ममा फाइनान्सले ४ अर्ब ३१ करोड ८ लाख निक्षेप सङ्कलन गरी ३ अर्ब २२ करोड १५ लाख रुपैयाँ कर्जा लगानी फाइनान्सको खुद ब्याज आम्दानी ९ करोड ३ लाख छ।

गत आवको यसै अवधिमा फाइनान्सले ३ अर्ब ८१ करोड ५१ लाख निक्षेप सङ्कलन गरी ३ अर्ब ३ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी फाइनान्सको खुद ब्याज आम्दानी ८ करोड ५५ लाख थियो। समीक्षा अवधिमा फाइनान्सको कर्जा लगानी ६.१९ प्रतिशतले मात्र बढेको हो।

फाइनान्सको पूँजी कोष अनुपात २३.७३ प्रतिशत, खरबाब कर्जा अनुपात १.१० प्रतिशत, कोषको लागत ९.७७ प्रतिशत, आधार ब्याजदर १२.१० प्रतिशत र मूल्य आम्दानी अनुपात १३.८२ गुणा छ।