विद्युत बिक्री थालेपछि अरुण काबेलीको जगेडा धनात्मक, नाफा कति ?

0
Shares

विद्युत उत्पादन र बिक्री थालेपछि अरुण कावेली हाइड्रो पावर कम्पनी (AKPL) को ऋणात्मक जगेडा सकारात्मक भएको छ भने नाफामा समेत उच्च बढोत्तरी आएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुसमसान्तसम्म अरुण कावेली हाइड्रो पावर कम्पनीले ४ करोड २८ लाख ७३ हजार खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा कम्पनी २५ लाख ५१ हजार मात्र नाफा रहेको थियो ।

विद्युत विक्री मार्फतको आम्दानी हुने थालेपछि कम्पनीको जगेडाकोषमा समेत धनात्मक भएको छ । गत आर्थिक बर्षको यसै अवधिमा ३४ लाख ५३ हजार ऋणात्मक रहेको जगेडाकोष २ करोड ७३ लाख धनात्मक भएको छ ।

कम्पनीले विद्युत बिक्रीबाट ११ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य स्रोतबाट २८ लाख कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ लाख ह्रासकट्टी खर्च गरेको छ । ब्याज खर्च ६ करोड ४७ लाख छ ।

एक अर्ब ५० करोड चुक्ता पूँजी रहको कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८६ पैसा, कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ८२ पैसा छ ।