सुनको भाउ स्थिर, सोमबार कतिमा हुँदैछ कारोबार ?


सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला चार हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थिर रहेको हो ।

साताको पहिलो कारोबार दिन आज सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार २९५ दशमलव ४९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ५२ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।