मंगलबार सुन-चाँदीको भाउ कति ?


सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला चार हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार र मंगलबार स्थिर रहेको हो ।

साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको भाउ १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३०१ दशमलव ७९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर २१ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।