राधी विद्युत कम्पनीको नाफा ४ करोड ७२ लाख


राधी विद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ । यो गत आव सोही अवधिको तुलनामा ११.४९ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ४ करोड २३ लाख रुपैयाँ नाफा गरेको थियो ।

यो अवधिमा कम्पनीले विद्युत बेचेर ११ करोड ४५ लाख रुपैयाँ कमाएको छ । यो आव यसै अवधिको तुलनामा ६.०३ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले १० करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

यसैगरी कम्पनीले अन्य स्रोत मार्फतको आम्दानी ५०५.१८ प्रतिशतले बढाएको छ । गत आवमम अन्य स्रोत मार्फत २ लाख ३६ हजार आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चैत मसान्तसम्म कम्पनीले चुक्ता पूँजी १० प्रतिशतले बढाएर ४५ करोड १० लाख रुपैयाँ पुर्याएको छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१३ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात ११.९० गुणा बढी छ ।