सुन चाँदीको भाउ मंगलबार घट्यो

0
Shares

माघ २१ मंगलबार सुन-चाँदी दुबैको भाउ घटेको छ। सुनसँगै मंगलबार चाँदीको मूल्य पनि ओरालो लागेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। यस्तै चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ ।

महासंघले मंगलबारका लागि छापावाला सुन प्रतितोला ७६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। मंगलबारका चाँदी प्रतितोला ८८० रुपैयाँ तोकिएको छ।

आइतबार र सोमबार छापावाला सुनको भाउ ऐतिहासिक मूल्य प्रतितोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने ८९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २१ माघ २०७६, मंगलबार  १३ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।