हिमालयन लाइफको १ करोड ५३ लाख कित्ता सेयरको लकइन खुल्दै

0
Shares

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १ कराड ५३ लाख ७२ हजार ५०० कित्ता सेयरको लकइन अवधिमा अगामी असार ३१ गते समाप्त हुने भएको छ ।

कम्पनीले दिएको जानकारी अनुसार कम्पनीको संस्थापक सेयर संख्या १ करोड ५० लाख ५० हजार कित्ता र कर्मचारीहरुको लागि छ्टाएको ३ लाख २२ हजार ५०० कित्ता सेयरको लकइन सकिन लागेको हो ।

उक्त सेयर हिमालयन लाइफमा मर्जर भई आएको यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक तथा कर्मचारीलाई बाँडफाँड गरिएको सेयर हो ।

कम्पनीको आईपीओ बाँडफाँड भएको तीन वर्ष पुगेको हुनाले २०८१ असार ३१ गते लकइन अवधि मिति समाप्त हुन लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।