प्रोफिट बुकिङले नेप्सेमा दोहोरो अंकको करेक्सन, कारोबारमा उत्साह कायमै

0
Shares

गत सातादेखि निरन्तर बढेको शेयर बजारमा करेक्सन आउँदा दोहोरो अंकले झरेको छ । गत साताको आइतबार १२७६ अंकमा रहेको नेप्से ७० अंकले बढेर १३४६ अंकसम्म पुगेको थियो ।

सात कारोबार दिनमै ७० अंकले बढेको बजारमा नाफा सुरक्षित गर्नेक्रम बढ्दा मंगलबारको बजारमा गिरावट आएको हो । मंगलबार नेप्से सूचक १२.०९ अंकले घटेर १३३७.०४ अंकमा झरेको छ । कारोबारमा आएका अधिकांस उपसूमहका सूचकमा गिरावट आएपछि नेप्से घटेको हो।

नेप्से घटेपनि कारोबार रकमले भने साथ दिएको छ । यसले पनि बजारप्रति लगानीकर्ता आशावादी रहेको संकेत गर्छ । दोस्रो त्रैमासिक वित्तीय विवरणहरु प्रकाशित हुँदै गर्दा लगानीकर्ताले आफ्नो फोर्टफोलियो बदल्ने क्रमलाई तिब्रता दिएकाले पनि समूहगत सूचकमा उतारचढाब देखिएको हो ।

मंगलबार नेप्सेमा १७६ कम्पनीका ४९ हजार ४९ हजार कित्ता शेयर खरीद बिक्री भएका छन्। यसदिन एक अर्ब ५७ करोड बढीको शेयर किनबेच भयो । सबैभन्दा धेरै नेपाल इन्स्योरेन्सको दश करोड बढीको शेयर किनबेच भएको छ ।

समता र दिव्यश्वरी हाइड्रोको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेको छ । नेशनल हाइड्रो, नेपाल हाइड्रो तथा ज्योति विकास बैंकको शेयर मूल्य बढेको छ । मिथिला लघुवित्तको सबैभन्दा धेरै शेयर मूल्य घटेको छ ।