बीपीको वार्षिक खुद नाफा ४ अर्ब डलरले घट्यो

0
Shares

बेलायतको ऊर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी) को गत वर्ष सन् २०१९ को नाफामा ४ अर्ब डलरले कमी आएको छ।

कम्पनीको प्रमुख कार्यकारी बब डड्लीका अनुसार तेलको मूल्यमा गिरावट आएका कारण नाफा प्रभावित भएको हो ।

सन् २०१८ मा कम्पनीको नाफा ९ अर्ब ३८ करोड अमेरिकी डलर थियो । लामो समयदेखि कम्पनीको प्रमुख कार्यकारीमा सेवा गरेका डड्लीले यही कारण पद पनि गुमाउनु परेको छ ।

गत वर्षको अक्टोबरमै बीपीमा कार्य गरिरहेका बर्नार्ड लूनीलाई प्रमुख कार्यकारीमा नियुक्त गरिने घोषणा गरिएको छ ।

डड्लीले मङ्गलबार जारी गरेको विज्ञप्तिमा करिब १० वर्षको कार्यकाल समाप्त गरेर आफू विदा हुन लागेको बताएका छन् ।

 

प्रकाशित मिति: २१ माघ २०७६, मंगलबार  १६ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।