श्रमाधान रोजगार मेला सम्पन्न, बाग्मती प्रदेशमा १३ हजार ९७८ जनाले दिए आवेदन


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाग्मती प्रदेशको ललितपुरमा आयोजना गरेको दुई दिने श्रमाधान रोजगार मेलामा १३ हजार ९७८ जनाले रोजगारीको लागि आवेदन दिएका छन् ।

मेलामा रोजगारताबाट एक हजार ५०५ श्रमिकको माग गरिएको थियो । मंगलबार र बुधबार चलेको मेलामा करिब ५ हजारले अवलोकन गरेका छन् । रोजगारी लागि अनलाइन आवेदनलाई पनि गणना गरिएको छ भने एकजनाले चारवटा कम्पनीसम्ममा रोजगारीको लागि आवेदन दिएका छन् ।

मेलाको समापन कार्यक्रममा बोल्दै पाटन बहुमुखी क्याम्पसका प्रमुख डा।लक्ष्मण सिंह कुँवरले नेपाली युवामा अझै पनि श्रमको महत्व नबुझेको बताएका छन् । विदेशमा गएर जुनसुकै श्रम गर्न रुचाउने नेपाली श्रमिकले नेपालमा भने त्यही रोजगारीमा गर्न नचाहेको कारण पनि वेरोजगारी बढेको उनले बताए । तर, मन्त्रालयले गरेको यस्तो मेलाले रोजगारीको महत्वलाई बुझाउने बताए । साथै मेलाले रोजगारदाता र श्रमिकको गुनासोलाई सम्बोधन गर्न सक्ने बताए । “यता रोजगारदाता श्रमिक पाईएन भन्छन् उता श्रमिक रोजगारी पाईएन भन्छन् । यस्ता मेला दुवै पक्षलाई एकै स्थानमा भेला गराउदा समस्या सम्बोधन हुनेछ,” उनले भने ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष सूर्य बहादुर कँडेलले रोजगार मेलाले नेपालमा नै रोजगारीको अवसर हुने सकरात्मक सन्देश दिएको बताए । त्यसैले यस्तो मेला जिल्ला र पालिका तहसम्म लैजानु पर्ने बताए ।

त्यस्तै, कार्यक्रमको समापन गर्दे मन्त्रालयका उप सचिव एवम् बाग्मती प्रदेशको रोजगार मेलाका संयोजक डम्बर बहादुर सुनुवारले मेला सञ्चालनमा गर्नमा सहयोग गर्ने सबैमा आभार व्यक्त गरे । गत जेठ १७ गते देखि कोशि प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशको ललितपुरमा बुधबारदेखि सम्पन्न भएको छ । मेला प्रत्येक प्रदेशमा दुई÷दुई सञ्चालन भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।