सेवाग्राहीसँग १९ लाख घुस लिने सडक कार्यालयका निमित्त प्रमुख र इन्जिनियर अख्तियारको नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भष्ट्राचारको आरोपमा सडक डिभिजन कार्यालय लहानका निमित्त डिभिजन प्रमुख सहित तीन जना विरुद्ध मुद्धा दायर गरेको छ ।

सेवाग्राहीसँग झण्डै १९ लाख रुपैयाँ घुस लिएको आरोपमा सडक डिभिजन कार्यालय लहानका निमित्त डिभिजन प्रमुख विन्दा साह, इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साहलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विन्दा साहले ३ लाख तथा इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साहले सेवाग्राहीसँग विभिन्न बहाना बनाई १५ लाख ९६ हजार घुस लिएको अख्तियारको आरोप छ ।

उनीहरु विरुद्ध भ्रटाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।