विश्व बैङ्कको सहयोगमा सडक स्तरोन्नति हुँदै


विश्व बैङ्कको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो ।

व्यास नगरपालिका–११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त कार्यको शुभारम्भ गरेका हुन् । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कूल–कलेस्ती डक जोडिने उक्त खण्डमा १०.५५ किलोमिटर कालोपत्र हुनेछ ।

सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको हो । उक्त सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कूल, कलेस्तीलाई जोड्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।