माछापुच्छ्रे बैंकले दुवईको माश्रिक बैंकबाट ल्यायो एक अर्ब बढी रकम

0
Shares

माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात एक अर्ब भन्दा बढि रकम नेपाल भित्र्याएको छ ।

नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै बैंकले माश्रिक बैंकबाट सो रकम भित्र्याएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकले १० मिलियन अमेरिकी डलर नेपाल भित्र्याएकोे जनाएको छ ।

राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो।

माछापुच्छ्रे बैंकले माश्रिक बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने जनाएको छ ।