हिमालयन बैंकको नाफामा गैर सञ्चालन आम्दानीको टेवा, यसरी गर्नुहोस् प्रगतिलाई मापन

0
Shares

हिमालयन बैंक (HBL) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ७४ करोड खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २७.४६ प्रतिशतले धेरै हो। गत आर्थिक बर्षको यसै अवधिमा बैंकको नाफा एक अर्ब ३६ करोड थियो ।

बैंकको नाफा वृद्धिमा मुख्य भुमिका गैर सञ्चालन आम्दानीको मात्र अधिक देखिन्छ। बैंकले गैर सञ्चालन आम्दानीबाट मात्रै ३१ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेपछि खुद नाफामा उच्च बढोत्तरी भएको देखिन्छ। नियमित आम्दानी सुस्त रहेको बैंकको सञ्चालन नाफा ८ प्रतिशतले बढ्दा खुद मुनाफा भने २७ प्रतिशत बढीको सुधार भएको छ । गैर सञ्चालन आम्दानी बैंकको नियमित आम्दानी नभएका कारण बैंकको नाफा वृद्धि अनुसार उत्साहित हुने अवस्था भने बैंकको वित्तीय विवरणले देखाउँदैन।

बैंकको व्यवसयाको विस्तार (निक्षेप संकलन र कर्जा परिचालन) झिनो आकारमा बढेको भएपनि बैंकको खुद नाफा भने २७.४६ प्रतिशतले बढेको छ । १५ प्रतिशतले बढेको कर्मचारी र ८ प्रतिशत बढीले बढेको सञ्चालन खर्चका बाबजुत बैंकको मुनाफा बढेको छ।बैंकको व्यवसायको आकार एक खर्ब बराबरको रहेको छ ।पुस मसान्तसम्ममा बैंकले १ खर्ब १२ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जसबाट बैंकले २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ करोड ४६ लाख र सञ्चालन नाफा १६ करोड ६६ लाख रुपैयाँले बढेको छ । पुस मसानतमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ११ करोड ७० लाख रुपैयाँ रहेको छ। बैंकको खुद ब्याज आम्दानी ८ करोड ४६ लाख तथा सञ्चालन मुनाफा १६ करोड ६६ लाख रुपैयाँले बढेको छ। बैंकको अन्य खर्च बढेको छ भने कोषको लागत घटेको छ।पूँजी कोष अनुपात १४.७३ प्रतिशत रहेको बैंकको कोषको लागत र आधार ब्याजदर घट्नुलाई बैंक, शेयरधनी तथा ऋणी सबैलाई फाइदाको नै विषय हो।

राष्ट्र बैंकले तोकेको बैधानिक र नियामकीय जगेडा कोष ब्यवस्थापन पश्चात बैंकको वितरणयोग्य मुनाफा ९२ करोड ९२ लाख ९० हजार रहेको छ । यसबाट बैंकले आफ्ना शेयरधनीलाई २१.८१ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । यो बैंकले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशत बोनस अधिको पूँजीका आधारमा गणना गरिएको हो। बोनस पूँजीकरण पश्चात बैंकको लाभांश क्षमता र वार्षिक प्रतिशेयर आम्दानीमा सोही अनुसार कायम हुनेछ।

एनएफआरएस रिर्पोट अनुसार राष्ट्र बैंकले तोकेको विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत रकम छुट्टाएपश्चात कायम हुन आउने फ्रि प्रोफिटलाई बैंकले आफ्ना शेयरधनीलाई लाभांशको वितरणमा उपयोग गर्न सक्दछ। नाफा बढेपछि बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ रुपैयाँ २ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा ८ रुपैयाँ ८८ पैसा बढेर ४० रुपैयाँ ९० पैसा पुगेको छ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख रुपैयाँ छ। बैंकको जगेडा कोषमा ६ अर्ब ११ करोड ६० लाख तथा शेयरधनी कोषमा ३ अर्ब १० करोड २७ लाख रुपैयाँ जम्ममा गरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २० पैसा, मूल्य आम्दानी अनुपात १३.७४ गुणा छ। बैंकको निष्क्रिय कर्जा १.२८ प्रतिशत, आधार दर ८.९२ र स्प्रेड दर ५.३२ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७३.९४ प्रतिशत छ।