सोमबार सुन चाँदीको भाउमा गिरावट


सोमबार सुनचाँदीको भाउमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो । हिजो सुनको भाउ प्रतितोला १६ सय रुपैयाँ बढेको थियो ।

सोमबार प्रतितोला छापावाला सुन १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको भाउ १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ आइतबार तेजाबी सुनको भाउ १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ३२४ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर २५ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।