निर्धन उत्थानले पनि बैंकहरुलाई चुनौती दिँदै, ६ महिनामै कमायो ४० करोड

0
Shares

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था (NUBL) ले आर्थिक वर्ष २०७६/७७ को दास्रो त्रैमाससम्म ४० करोड ४१ लाख खुद नाफा गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २१.२७ प्रतिशतले बढी हो ।

लघुवित्तले अघिल्लो पुससम्म ३३ करोड ३२ लाख खुद नाफा गरेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढेको हो।

लघुवित्तको पूँजीवृद्धिको अनुपातमा नाफा नबढेपछि प्रतिशेयर आम्दानी भने खस्केको छ। कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६५ पैसा घटेर ५३ रुपैयाँ ८९ पैसामा झरेको छ।

लघुवित्तले यस अवधिसम्म १२ अर्ब ३२ करोड निक्षेप संकलन तथा ८ अर्ब ४ करोड कर्जा सापटी गरेर २० अर्ब ५० करोड कर्जा विस्तार गरेको छ । जसबाट लघुवित्तले ९० करोड २१ लाख खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको सञ्चालन मुनाफा ६३ करोड ९८ लाख रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ५१ करोड रहेको छ। लघुवित्तको निष्कृय कर्जा अनुपात सामान्य बढेर १.३० प्रतिशत पुगेको छ । जसको प्रति शेयर आम्दानी ५३.८९ रुपैयाँ र नेटवर्थ २००.६७ रुपैयाँ छ । त्यसैगरी मूल्यआम्दानी अनुपात १६.७७ गुणा रहेको छ ।