आँधिखोला लघुवित्तको नाफा बढ्यो, खराब कर्जाको भार उच्च

0
Shares

आँधिखोला लघुवित्त (AKBSL) ले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्म ८८ लाख ६६ हजार खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९४.५१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ४५ लाख ५८ हजार खुद नाफा गरेको थियो ।

लघुवित्तले ४१ करोड ८८ लाख कर्जा सापटी र २६ करोड ५८ लाख निक्षेप संकलन गरेर ७० करोड कर्जा विस्तार गरेको छ । जसबाट ३ करोड २४ लाख खुद व्याज आम्दानी गरेको छ भने १ करोड ४० लाख सञ्चालन नाफा गरेको छ ।

हाल कम्पनीको चुक्तापुँजी १० करोड रहेको छ भने जगेडा कोषमा २ करोड ९१ लाख रहेको छ । कम्पनीले गत आर्थिक बर्ष आईपीओ जारी गरेको थियो।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १.४३ प्रतिशत रहेको लघुवित्तको निष्कृय कर्जा अनुपात बढेर ४.६२ प्रतिशत पुगेको छ । जसको प्रतिशेयर आम्दानी १७.७३ रुपैयाँ र नेटवर्थ १२९.१६ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात २६.२३ गुणा छ।

विवरण अनुसार सो अवधिसम्ममा लघुवित्तले ८८ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४३ लाख ८ हजार बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ४५ लाख ५८ हजार नाफा कमाएको थियो।

लघुवित्तले गत पुस २ गते धौलागिरी लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने सम्झौता गरेको थियो। गाभिएपश्चात बन्ने नयाँ संस्था धौलागिरी आँधिखोला लघुवित्तको चुक्ता पुँजी १७ करोड रुपैयाँ पुग्नेछ।