अपर हेवाखोला हाइड्रोपावरले तोक्यो साधारण सभा र बुकक्लोज मिति


अपर हेवाखोला हाइड्रोपावर कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीले असार २६ गते बुधबार, तारकेश्वर पार्टी प्यालेस, गौशाला, काठमाण्डौंमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७९\०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने छ । यस्तै सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व.२०७९\०८० को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसंग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

यस्तै सभाले उपयुक्त नयाँ जलविद्युत आयोजना पहिचान गरी लगानी गर्ने वा अन्य कम्पनीद्धारा प्रवर्धित वा निमार्णाधिन जलविद्युत आयोजनामा लगानी गर्ने विषेश प्रस्ताव पारित छ ।

सर्वसाधारण शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पद रिक्त रहेकोले उक्त पदमा बाँकी अवधिका लागि सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव गर्ने छ ।

कम्पनीको बाह्रौं वार्षिक साधारण सभाको प्रयोजनका लागि फागुन २४ गते एक दिनका लागि कम्पनीको सेयर दाखिला खारेजी बन्द (बुकक्लोज) भैसकेकोले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा फागुन १३ गतेसम्म कारोबार भई कायम शेयरधनीहरु मात्र सो सभामा भाग लिन र मतदान गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।