गुराँस लघुवित्तको नाफामा सुधार, खराब कर्जा घटायो

0
Shares

गुराँस लघुवित्त वित्तीय संस्था (GLBSL) ले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमाससम्म ४१ लाख ५३ हजार खुद नाफा गरेको छ ।

लघुवित्तको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ५९.५५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधीमा लघुवित्तले २६ लाख ०३ हजार नाफा गरेको थियो।

लघुवित्तले ६० करोड ७४ लाख कर्जा सापटी र १२ करोड ४७ लाख निक्षेप संकलन गरेर ७१ करोड ७२ लाख कर्जा विस्तार गरेको छ । जसबाट २ करोड ३६ लाख खुद व्याज आम्दानी गरेको छ भने ६५ लाख ३० हाजर सञ्चालन मुनाफा गरेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ७ करोड ७५ लाख रहेको छ भने जगेडा कोषमा २ करोड ४७ लाख रहेको छ ।

लघुवित्तको निष्कृय कर्जा अनुपात २.९८ प्रतिशत, प्रतिशेयर आम्दानी १०.७२ रुपैयाँ तथा नेटवर्थ १३१ रुपैयाँ २० पैसा छ ।