हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच एफपिओ निष्कासन सम्बन्धी सम्झौता

0
Shares

हिमालयन बैंक र सिटिजन्स क्यापिटलबीच थप सार्वजनिक निष्काशन (एफपिओ) को लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा हिमालयन बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

हिमालयन बैंकको ३१ औं वार्षिक साधारण सभाले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

सिभिल बैंकलाई गाभेर एकीकृत कारोबार थालेको बैंकले आफ्नो कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्नका लागि एफपिओ निष्कासन गर्ने भएको हो । एफपिओको संख्या तथा प्रिमियम रकम भने खुलाइएको छैन ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।