कुमारी बैंकले १३ लाख कित्ता सेयर बिक्री गर्दै, संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता


कुमारी बैंकले साढे १३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेष्रधनीहरुको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको संस्थापक सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । बैंकको सेयरमा संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति, संस्था, वा कम्पनीले आवेदन दिन पाउने छैनन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज जेठ ३१ गतेदेखि ३५ दिनभित्र अर्थात् साउन ३१ गतेभित्र आवेदन दिनु पर्ने छ ।

संस्थापक सेष्रधनीहरुबाट ३५ दिनभित्र आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरीबाट प्राप्त गर्न सकिनेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ असार २०८१, बिहीबार  ०९ : १७ बजे