राजस्व छल्न खोज्ने व्यापारीबाट असुलियो ५८ करोड ५५ लाख जरिवाना


चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख रुपैयाँ जरिवाना असुल गरेको छ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो। चालु आवको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख बराबरका मालसामान चीनबाट आयात भएको छ। यस्तै एक अर्ब ८४ करोड ७६ लाख बराबरका सामग्री निर्यात भएको छ।

राजस्व स‌कलन वार्षिक लक्ष्यको तुलनामा १६५ प्रतिशतले वृद्धि भएको पाठकले जनाए। जेठ मसान्तसम्ममा १९ अर्ब १७ करोड २१ लाख असुली भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।