सुनको भाउ रेकर्ड मूल्य नजिक, एकैदिन प्रतितोला १९ सय रुपैयाँ बढ्यो


सुनको भाउ रेकर्ड मूल्य नजिक पुगेको छ । शुक्रबार एकैदिन प्रतितोला १ हजार ९०० रुपैयाँ बढेसँगै सुनको भाउ रेकर्ड भाउ नजिक पुगेको हो ।

शुक्रबार छापावाला सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउले जेठ २५ गते प्रतितोला १ लाख ४५ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ रहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य शुक्रबार प्रतितोला २५ रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३६१ दशमलव ५९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ६१ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।