एक्सेल डेभलपमेन्ट बैंकले मर्जरमा जाने प्रस्ताव राखेर बोलायो साधारण सभा


एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकको असार ६ गते बसेको सञ्चालक समितिको ३०७औं बैठकले असार २९ गते शनिवार, सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बने सभा बोलाएको हो ।

सभाले आव २०७९\०८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने कार्यसूची रहेको छ ।

यस्तै सभाले २०८०\८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने छ । सत्रौ वार्षिक साधारण सभाले दिईएको अख्तियारीलाई निरन्तरता दिदै अन्य उपयुक्त बैंक तथा वित्तिय सस्थासँग गाभ्नेरगाभिने तथा प्राप्ती गर्ने सम्बन्धी आवश्यक कार्य गर्न, उक्त कार्यका लागि सहमतीपत्रमा हस्ताक्षर गर्न तथा समिति गठन गर्न, चल अचल सम्पत्तीको मूल्याङ्कन गर्न मूल्यांकनकर्ताको नियुक्ती गर्न, नि पारिश्रमिक निर्धारण गर्न, शेयर आदान प्रदान अनुपात निर्धारण गर्न, सम्बन्धित नियमनकारी निकायहरुसँग सहमति लिने लगायतका तथा सम्बन्धी आवश्यक सम्पूर्ण कार्य र प्रकृया अघि ढाउने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विषेश प्रस्ताव पारित गर्ने छ । 

यस्तै, सभाले गाभ्ने\गाभिने तथा प्राप्ति गर्ने प्रक्रिया लगायत अन्य आवश्यक विषयका लागि प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा असार ६ गतेसम्म कारोवार भई म्यादभित्र यस बैंकको शेयर रजिष्ट्रार एनआइएमवि एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाडौंमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता कितावमा कायम शेयरधनीहरुले मात्र सो सभामा भाग लिन तथा मतदान गर्न पाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।