नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८५ रुपैयाँ पाउने

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङ्कीय मुल्याङ्कन अनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७९/८० को बीमाङ्कीय मूल्यांकनअनुसार बीमितले न्यूनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्मका दरले बोनसदर निर्धारण गरिएकाे छ ।

नेशनल लाइफ इन्स्येरेन्समा साविधक तथा आजिवन बीमलेखअन्तरगत २६ देखि ३० वर्ष र सो भन्दा बढी अवधिको बीमालेख खरिद गर्ने बीमितले अधिधकतम ८५ रुपैयाँ बोनसदर पाउने भएका हुन् ।

कम्पनीले बीमितका लागि घोषणा गरेका बोनस दर जीवन बीमा कम्पनीहरु मध्येकै सर्वाधिक हो । बीमा प्राधिकरणको निर्देशन बमोजिम फ्युचर बोनस प्रोभिजनिङको बाबजुद पनि नेशनल लाइफले बोनसदरलाई गयावत राखेको हो । फ्युचर बोनसको प्रोभिजनिङका कारण जीवन बीमा कम्पनीहरुको बोनसदर धेरै नै तल झर्ने गर्दछ । तर नेशनल लाइफले भने अघिल्लो आवको बोनसदरलाई निरन्तरता दिन फल भएको छ

नेशनल लाइफको नयाँ बोनसदरअनुसार सावधिक जीवन बीमालेखअन्तर्गत न्यूनतम ९ वर्षदेखि अधिकतम २९ वा सोभन्दा माथि अवधिका बीमालेखले ६४ देखि ८५ रुपैयाँसम्म बोनस पाउनेछन् । कम्पनीले सावधिक तथा आजीवन बीमालेखअन्तर्गत न्यूनतम ९ वर्ष देखि अधिकतम २९ वा सोभन्दा माथिको अवधि भएका बीमालेखमा बीमितले ६४ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

साथै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ९ वर्षदेखि अधिकतम २९ वर्ष वा माथिको अवधिका बीमालेखमा बीमितले न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनस पाउनेछन् ।

  • सावधिक जीवन बीमालेख

सावाधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले ९ वर्षसम्म अवधिसम्मको लागि ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।  यसैगरी १५ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि पनि कम्पनीले ८५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १ लाख ९१ हजार ६१७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

  • सावधिक तथा आजीवन बीमालेख

सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६४ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । यस बीमालेखमा कम्पनीले ९ वर्षसम्म अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६४ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्ष वर्षसम्म ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्म ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि २० वर्ष अवधिको यस बीमालेख ७० हजार ७७६ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावधिक बीमालेख

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्यूनतम ६३ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । यस बीमालेखमा कम्पनीले ९ वर्षसम्म अवधिको लागि प्रति हजार ६३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६३ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २० वर्षबाट २५ वर्षसम्मको लागि ६४ रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्म ६४ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि २० वर्ष अवधिको यस बीमालेख ४५ हजार ५०६ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् । कम्पनीले विभिन्न उमेर समुहको बीमा पोलिसी हेर्दा धेरै आकर्षण १५ देखि २० वर्ष देखिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।