सिटिजन्स बैंकले पायो साढे २ अर्बको ऋणपत्र बिक्री गर्ने अनुमति

0
Shares

सिटिजन्स बैंक (CZBIL) ले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोडबाट अनुमति पाएको छ । बैंकले एक हजार अंकित दरमा २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो।

बैंकले निष्काशन गर्ने कुल २५ लाख कित्ता ऋणपत्रमध्ये एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका तथा एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

उक्त ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । ऋणापत्रको ब्याज भुक्तानी भने अर्धवार्षिक रूपमा गरिने छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।