अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा


आइतबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, आइतबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८० पैसा र बिक्री दर ८९ रुपैयाँ २० पैसा रहेको छ ।

आइतबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा र बिक्री दर २८ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५ रुपैयाँ ७१ पैसा रहेको छ । आइतबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६४ पैसा छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।